कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालमा गरिएको लगानीमा भूराजनीतिक आयाम छैन : पावर

काठमाडौँ — अमेरिकी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको बताएकी छन् । दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले दसकौंदेखि नेपाललाई सहयोग गर्दै आएको बताएकी छन् ।

नेपालमा गरिएको लगानीमा भूराजनीतिक आयाम छैन : पावर

'भूराजनीति परिवर्तन भैरहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुन्छौं, प्रभावका लागि हामी साथमा काम गर्छौं,' पावरले भनिन्, 'अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक आयामको उत्पादन होइन । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो । यो देशको जनताको कल्याणका लागि दसकौंदेखि गर्दै आएको कामले पनि प्रमाणित गरेको छ ।'

पावरले नेपालसँग मित्रतालाई अगाडि बढाउन चाहेको बताएकी छिन् । पावरले मंगलबार मात्रै ७ अर्ब रुपैयाँको सहयोगको घोषणा गरेकी थिइन् ।

प्रकाशित : माघ २५, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?