कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

काठमाडौँ — राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

पदभार ग्रहण गरेसँगै अर्यालले संघीय संसद्‌मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

पदभार ग्रहणअघि अर्यालले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन् । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।

प्रकाशित : माघ २४, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?