१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शिक्षा र श्रम मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् । रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

शिक्षा र श्रम मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्ने

त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने भएका हुन् ।

उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोकेकी हुन् ।

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ । दाहाल नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएको रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको छ ।

प्रकाशित : माघ २३, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?