रास्वपाका मागबारे सबै पक्षसँग कुरा हुन्छ : प्रधानमन्त्री दाहाल- समाचार - कान्तिपुर समाचार

रास्वपाका मागबारे सबै पक्षसँग कुरा हुन्छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले भने, 'अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।'

गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।

पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आएका छन् । यी विषयमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।

रास्वपाले शनिबारसम्म आफूलाई गृहमन्त्रालयको जिम्मेवारी दिन अल्टिमेटम दिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा उक्त विषयमा छलफल गर्ने र आफ्नो कुरा राख्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकले गरेको निर्णय हो । तर, यसबीचमा संयन्त्रको बैठकसम्म बसेको छैन ।

प्रकाशित : माघ २१, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

'सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले दु:ख पायो' 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकायले एकअर्कामा समन्वय नगर्दा निजी क्षेत्रले दु:ख पाएको बताएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहारण दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले प्रोजेक्ट सुरु गर्नुपूर्व मन्त्रालय, विभाग र सरोकारवालाबीच समन्वय नहुँदा विमानस्थल चल्न नसकेको बताए ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्य अन्तर्गत चौथो सत्र ‘पर्यटन र उडान’ बहसमा बोल्दै उनले भने ‘विमानस्थल तयार भएपछि केही दिन उडान सुरु भयो, सँगसँगै उडान पनि बन्द गर्नुपर्यो अवस्था आयो, यसको कारण समन्वय नगर्नु नै हो ।’ सरकारले प्रोजेक्ट सुरु गर्दा मन्त्रालय-मन्त्रालय बीच तथा मन्त्रालय-विभागबीच समन्वय नभएको उनले बताए । ढकालले भने 'विमानस्थल बनेपछि पर्यटक, हवाई रुट, वैदेशिक रोजगारीमा जाने नेपालीसँग सम्बन्धित श्रम, डेक्स, भिसाका सवालमा विमानस्थल तयार हुनुभन्दा अगाडि समन्वय भएन ।’


प्रकाशित : माघ २१, २०७९ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×