प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । शनिबार बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दुवैबीच भेट भएको हो ।