जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको प्रदर्शन

बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरुको अगुवाइमा विरोध प्रदर्शन भएको हो । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भए पनि त्यो हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

यस्तै जनक शिक्षामा भएको बेथितिमा विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने भन्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे आफूहरू नै कारबाहीमा उत्रिने चेतावनी दिए ।

जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो । गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको पनि उनको गुनासो थियो ।

साथै आफूहरूले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको बताएका थिए ।

प्रकाशित : माघ १८, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?