प्रधानमन्त्री र मन्त्रीहरूबीचमै सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन : पन्त

काठमाडौँ — नेकपा एमालेका सांसद् रघुजी पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संविधानबमोजिम शपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नहुने बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूबीचमै सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन : पन्त

‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन । संविधानको आधारभूत संरचनाहरूकै बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा लोकतन्त्रको लागि राम्रो लक्षण होइन । मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।’

उनले धर्मका कारण विश्वमा धेरै युद्धहरू भएपनि नेपालले शान्तिको सन्देश दिएको बताए । ‘नेपाल बुद्ध जन्मिएको देश हो । बुद्ध विश्व शान्तिका दुत हुन् । त्यसैले हामी यहाँ धर्मका माध्यमबाट जोडियौँ, जोड्ने माध्यम बनाऔँ,’ उनले भने, ‘यो सरकारले स्थिरता दिन्छ होला, तर संविधानका आधारभूत विषयहरूमा प्रश्न उठाउन पाइदैन ।’

सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्ने बताए ।

प्रकाशित : माघ १८, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?