सांसद परियारको प्रश्न–'पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद परियारको प्रश्न–'पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि उडान भर्ने बारे सरकारसँग कुनै योजना नभएको बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?,’ उनको प्रश्न छ ।

सांसद परियारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशिघ्र छानविन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

‘पोखरामा विमान दुर्घटना हुँदा ठूलो जनधनको क्षति भयो । विमान दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । के कति कारणले दुर्घटना भयो ? घटनाको छानबिन होस्, र यथाशिघ्र सत्यतथ्य सार्वजनिक होस्,’ उनले भने, ‘घटनामा पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गरोस् ।'

प्रकाशित : माघ १८, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

ओखलढुंगामा सवारी दुर्घटना हुँदा ७ जना घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — ओखलढुंगाको हिलेपानीमा गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको जनसेवा हेल्थ केयर सेन्टर घुर्मीमा उपचार हुँदै छ । घाइतेको थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा घाइते हुनेहरुबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : माघ १८, २०७९ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×