लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीका अनुसार उच्च अदालत पाटनले धरौटीमा छाड्न गरेको आदेश कानुनी हिसाबले मिलेको छैन ।

'त्रुटिपूर्ण छ । त्यसैले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्न उच्च अदालत पाटनले दिएको धरौटीमा छाड्ने आदेश परिवर्तन गर्नुपर्छ । त्यस्तो गर्नुका कानुनी आधार र व्यवस्थासहित हामी सर्वोच्च गएका हौं । थुनामै राखेर कारबाही गर्नुपर्ने प्रकृतिको मुद्दा भएकाले हामी सर्वोच्चमा सोही माग लिएर गएका हौं,' प्रवक्ता रेग्मीले भने ।

प्रकाशित : माघ १७, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

वन पैदावार संघको अध्यक्षमा पुन: केसी निर्वाचित

कमल पन्थी

बर्दिया — नेपाल वन पैदावार उद्योगी व्यवसायी संघको अध्यक्षमा पुनः कुबेर केसी निर्वाचित भएका छन् । आठौं साधरणसभा र छैटौं अधिवेशनले केसीको नेतृत्वमा सबै निर्विरोध निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा फूलपाति चौधरी, सचिव नेत्रप्रसाद शर्मा, कोषाध्यक्षमा रामचन्द्र अर्याल निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यमा श्यामलाल थारु, सुशीला राना भाट र निरंकार यादव निर्वाचित भएको संघका सचिव शर्माले जनाए ।

प्रकाशित : माघ १७, २०७९ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×