कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल र बेल्बासेको चर्चा, जसपाको पनि दाबी

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालसँगै गंगा बेल्बासेको चर्चा चलेका बेला जनता समाजवादी पार्टीले पनि दाबी गरेको छ । जसपाले पार्टीबाट राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई उपाध्यक्ष बनाउन चाहेको छ । 

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल र बेल्बासेको चर्चा, जसपाको पनि दाबी

माओवादी केन्द्रले भने सांसद अर्याललाई अगाडि बढाउने सम्भावना रहेको छ । पार्टीमा वरिष्ठ भएको र संसदीय दल एवं संसदीय समितिमा जिम्मेवारी नपाएकाले अर्याललाई उपाध्यक्ष बनाउने बताइएको छ । राष्ट्रिय सभामा पार्टीकी सचेतकसमेत रहेकी गंगा बेल्बासेले पनि उपाध्यक्षमा दाबी गरिरहेकी छन् ।

तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले अर्याललाई नै उपाध्यक्षमा अगाडि सार्ने तयारी गरेका छन् । उनी निकट एक नेताका अनुसार अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिन तयार रहन भनिसकिएको छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले पनि अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी भएको जानकारी आफूले पाएको बताए । उनले पार्टी पदाधिकारीको सोमबार बस्ने बैठकले त्यसको टुंगो लगाउने सम्भावना रहेको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो पार्टीले राष्ट्रिय सभा उपाध्यक्ष पाउनुपर्ने माग दाहालसँग गरिरहेका छन् ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रस्ताव दर्ता गर्ने माघ २२ मा समय तोकिएको छ भने निर्वाचन माघ २३ मा हुने भएको छ ।

प्रकाशित : माघ १६, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?