२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

समृद्ध नेपालको आकांक्षा पूरा गर्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे

काठमाडौँ — सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् ।

समृद्ध नेपालको आकांक्षा पूरा गर्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे

सहिद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राखेका हुन् । 'नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार सहिदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु,' घिमिरेले भनेका छन्, 'उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौं ।'

घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताएका छन् । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

प्रकाशित : माघ १६, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?