प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता

भेटवार्तामा उनीहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रकाशित : माघ १६, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?