कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आइतबार जनाएको छ ।

प्रकाशित : माघ १५, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा एक महिला घरभित्र मृत फेला

गगनशिला खड्का

गुल्मी — गुल्मीमा एक महिलाको घरभित्रै शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-७ निवासी गंगादेवी शेरचनको आइतबार बिहान घरभित्रै मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आइरहेकी ५७ वर्षीया शेरचन बिहान बाहिर ननिस्किएपछि छिमेकीले गएर हेर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए । प्रहरीले शव र मृतक शेरचनको घर शिलबन्दी गरेको भन्दै तालिम प्राप्त कुकुर ल्याएर घटना अनुसन्धान गरिने बताएको छ ।

शवको प्रकृति हेर्दा हातखुट्टा टेपले बाँधिएको अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घरको मूल चेनगेट बन्द अवस्थामा रहेको छ ।

अविवाहित शेरचन घरमा एक्लै बस्दै आइरहेकी थिइन् ।

प्रकाशित : माघ १५, २०७९ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×