नक्कली मदिरा बिक्री गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ — नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

नक्कली मदिरा बिक्री गरेको आरोपमा तीन जना पक्राउ

दोलखा कालिन्चोक गाउँपालिका ३ का स्थायी बासिन्दा निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का स्थायी बासिन्दा २६वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका २ का स्थायी बासिन्दा २६ वर्षीय गणेश बहादुर रानामगरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको नाममा उनीहरूले नक्कली मदिरा बिक्री गर्दै आएको तथ्य अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १५, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?