कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

माघ १९ गते मलेसियाका गृहमन्त्रीको उच्चस्तरीय भ्रमण तय

होम कार्की

काठमाडौँ — मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते (फेब्रुअरी २) नेपाल आउने भएको छ । झन्डै ४२ घण्टा नेपालमा बिताएर उनको टोली काठमाडौंबाट सिधै माघ २१ गते शुक्रबार बंगलादेशका लागि उड्नेछ ।

माघ १९ गते मलेसियाका गृहमन्त्रीको उच्चस्तरीय भ्रमण तय

मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली आउन लागेको हो । गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भइसकेको छ ।

भ्रमणको तयारीका लागि मलेसियाका गृहमन्त्री इजमाइलले शुक्रबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलसँग छलफल गरेका थिए । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने भन्दै ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति ल्याएपछि मलेसियाले स्रोतदेश पुग्ने नीति ल्याएको हो ।

‘मलेसियाले श्रम क्षेत्रमा सुधार गरिरहेको छ । यसबारे स्रोत देशलाई पनि जानकारी दिन खोजिएको छ,’ राजदूत पौडेलले कान्तिपुरसँग भने, ‘नेपाललाई मलेसियाले प्राथमिकता साथ हेरिरहेको छ ।’

मलेसियाले औपचारिक क्षेत्रसँग घरेलु कामदारसमेत पठाउन नेपालसँग लबिङ गर्ने योजना बनाएको छ । मलेसियाले नेपाललाई लगातार घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो । नेपालसँगको संवादपछि मलेसियाले अर्को प्रमुख स्रोत देश बंगलादेशका पनि उच्च अधिकारीसमक्ष भेटवार्ता गर्नेछ । राजदूत पौडेलले यो भ्रमणलाई नेपालले रणनीतिक रुपमा बुझ्नुपर्ने बताए ।

५ लाख कामदार भित्र्याउँदै मलेसिया

प्रकाशित : माघ १५, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?