विज्ञको निष्कर्ष- 'आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो'

काठमाडौँ — विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको औंल्याएका छन् ।

विज्ञको निष्कर्ष- 'आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो'

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजालगायतले उक्त धारणा राखेका हुन् । उनीहरुले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल दक्ष जनशक्ति परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘हामीले नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तीमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापेबल होस् । जहाँबाट सेफ्टी इन्हृयान्स गर्न सकियोस्,’ पूर्वमहानिर्देशक गौतमले भने ।

यस्तै हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले हवाई दुर्घटनाका प्रतिवेदनले दिएको सुझावका आधारमा अघि बढ्दा पनि दुर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए । देउजाले भने, ‘हवाई दुर्घटनाका रिपोर्टहरुले दिएको सुझावहरुलाई ध्यान दिएर लागू गर्नु पर्दछ । यी संस्थाहरुलाई व्यावसायिक ढंगले संचालन गर्नु पर्दछ । यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढंगले अघि बढाउन सक्नु पर्दछ । यसो भयो भने नेपालको हवाई उडान सुरक्षित छ । र, हुन्छ पनि !’

प्रकाशित : माघ १३, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?