२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यूएनडब्लूटीओका महासचिवले भने- नेपाललाई पर्यटन क्षेत्रमा सहयोग निरन्तर रहन्छ

काठमाडौँ — संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) का महासचिव जुराव पोलोलिकासभिलीले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन दिएका छन् ।

यूएनडब्लूटीओका महासचिवले भने- नेपाललाई पर्यटन क्षेत्रमा सहयोग निरन्तर रहन्छ

म्याड्रिडस्थित आफ्नो कार्यालयमा स्पेनका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले यूएनडब्लूटीओको महासचिव पोलोलिकासभिलीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको द्विपक्षीय भेटवार्तामा महासचिव पोलोलिकासभिलीले नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका हुन् ।

दूतावासका अनुसार महासचिवले दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल र यूएनडब्लूटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको उल्लेख गरे । स्पेनका लागि नेपाली राजदूत पराजुली यूएनडब्लूटीओको स्थायी प्रतिनिधि पनि हुन् । सोही कारणले गर्दा उनले ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।

राजदूत पराजुलीले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको उल्लेख गर्दै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । राजदूत पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५–१७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गर्न लागेकोमा महासचिवलाई धन्यवाद दिइन् ।

प्रकाशित : माघ १२, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?