कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनिकरण अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ — सरकारले सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनीकरण अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा बुधबार कार्यदल गठन गरेका छन् ।

सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनिकरण अध्ययन गर्न कार्यदल गठन

कार्यदल सदस्यहरूमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गर्ने पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य र इन्जिनियर विजय गौतम छन् ।

समितिमा यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि सदस्य रहने छन् भने यातायात व्यवस्था विभागका महानिर्देशकलाई सदस्यसचिवको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित : माघ १२, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?