कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एकीकृत समाजवादीको माघ २१ र २२ का लागि बोलाइयो केन्द्रीय कमिटी बैठक

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बोलाएको छ । बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव वेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादीको माघ २१ र २२ का लागि बोलाइयो केन्द्रीय कमिटी बैठक

पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ ।

पार्टीद्वारा अन्तर संगठन निर्देशन (असनी)– ३ जारी

पार्टी महासचिव तथा संगठन विभागका प्रमुख भुसालको अध्यक्षतामा गत पुस ६ गते सम्पन्न विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तर संगठन निर्देशन (असनी)– ३ मार्फत जारी गरेको छ । उक्त असनीले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा संगठनलाई निर्देशन गरेको छ । पार्टी तथा संगठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्न निदेशन जारी गरेको छ ।

असनीअनुसार पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न तोकिएको छ । पालिका/विशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ ।

सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका कमिटीलाई तत्काल सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन गरिएको असनीमा आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका जिल्ला सम्मेलन/अधिवेशन गरिसक्न उल्लेख गरिएको छ । आगामी चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक संगठनका प्रदेश सम्मेलन/अधिवेशन गरिसक्न र आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका राष्ट्रिय सम्मेलन/अधिवेशन/महाधिवेशन गरिसक्न असनीमा भनिएको छ ।

प्रकाशित : माघ ११, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?