काठमाडौं-तराई द्रुतमार्ग अवलोकन गर्न पुगे रक्षामन्त्री उप्रेती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं-तराई द्रुतमार्ग अवलोकन गर्न पुगे रक्षामन्त्री उप्रेती

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेती काठमाडौं–तराई द्रुतमार्ग अवलोकन गर्न पुगेका छन् । मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले बुधबार नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रूतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका हुन् ।

उनीहरूले निरीक्षणको दौरानमा आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिए । निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री उप्रेतीले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे । साथै, उनले सेनालाई उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशनसमेत दिए ।

प्रकाशित : माघ ११, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्र मन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच बुधबार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालसँग शिष्टाचार भेट गर्न सिंहदरबार आएका थिए । उक्त भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७९ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×