प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

छानबिनको जिम्मा गृह मन्त्रालयलाई
कान्तिपुर संवाददाता

काठमाडौँ — आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, 'आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने भनेको छ ।'

आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलद्वारा जलस्रोत नीति र रात्रिकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पारित

अमृता अनमोल

काठमाडौँ — बुटवल उपमहानगरपालिकाको १२औं अधिवेशनले जलस्रोत नीति पारित गरेको छ । पुस २१ गते सुरु भएको नगरसभाले कर्मचारी दरबन्दीसम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐनसमेत संशोधनसहित पारित गरेको छ । त्यस्तै अधिवेशनले बुटवलभित्र रात्रिकालीन बजार सञ्चालन गर्ने निर्णय गरेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरूको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कहरूलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोलविकास संस्थाहरूलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

नगरसभामा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा सहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए । उनले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने सहरका रुपमा स्थापित गर्ने समेत जनाए ।

प्रकाशित : माघ ११, २०७९ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×