१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको छ : कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि एक युवाले दिउँसै  आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । उनले अब ती युवाले आत्मदाह गर्नुको  कारण खोजी गर्नुको पछाडि  फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने बातावरण बनाउनुपर्ने बताएका छन् । 

दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको छ : कोइराला

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरुले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्ने बताएका हुन् ।

'प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ,' उनको प्रश्न छ, 'हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?'

इलामका स्थायीबासी आचार्यले सामाजिक सन्जालमार्फत् लामो नोट लेखेर संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

प्रकाशित : माघ ११, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?