राष्ट्रिय सभा उपनिर्वाचन :  एमालेका दशौंदी र कांग्रेसका आचार्यले उम्मेदवारी दिँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा उपनिर्वाचन :  एमालेका दशौंदी र कांग्रेसका आचार्यले उम्मेदवारी दिँदै

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको कार्यालय घोराहीमा मनोनयन दर्ताका लागि प्रदेशका विभिन्न राजनीतिक दलका नेता घोराहीमा जुटेका छन् ।


बुधबार १० देखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र ३ देखि ४ बजेसम्म उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताएका छन् । उम्मेदवार दर्ताका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी र कांग्रेसबाट माधवप्रसाद आचार्यको नाम टुंगो लागेको छ । दशौंदी एमाले केन्द्रीय सदस्य हुन् भने आचार्य कांग्रेस रोल्पाका पूर्व सभापति हुन् ।

माघ १२ गते १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ गते १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

माघ १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । माघ २५ गते १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख वासुदेव घिमिरेको उम्मेद्वारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

प्रकाशित : माघ ११, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — एम्बुलेन्सको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ गइरहेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका-१३ दारबोट चोकमा आइतबार साँझ मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगेपछि उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनापछि एम्बुलेन्स चालक त्रिवेणी गाउँपालिका २ रोल्पाका २८ वर्षीय निर्मल बुढालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताएका छन् ।

प्रकाशित : माघ ९, २०७९ १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×