१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिमपातका कारण डोल्पामा हवाई, विद्युत् र सञ्चार सेवा प्रभावित

महेश केसी

रुकुम — मंगलबार बिहानदेखि मौसममा बदली आउँदा परेको झरी तथा हिमपातका कारण डोल्पाको हवाई सेवा, विद्युत् र सञ्चार सुविधा प्रभावित भएको छ । 

हिमपातका कारण डोल्पामा हवाई, विद्युत् र सञ्चार सेवा प्रभावित

सदरमुकाम दुनैका स्थानीय नन्दलाल थापाका अनुसार मंगलबारदेखि जुफाल विमानस्थलबाट उडान हुन सकिरहेको छैन भने विद्युत र टेलिफोन सुविधा पनि अनियमित भएको छ ।

डोल्पाका अधिकांश भूभागमा भइरहेको हिमपात बुधबार पनि जारी रहेको र पानी पर्न केही कम भए पनि चिसो भने अत्याधिक बढेको ओलीले जानकारी गराए । लामो खडेरीलाई चिर्दै हिउँदे झरी पर्दा कृषि र पशुपालन फाइदा हुने भए पनि चिसो बढ्दा जनजीवन भने प्रभावित भएको छ ।

प्रकाशित : माघ ११, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?