कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौँ — मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको जानकारी दिए । उनका अनुसार आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।

फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइड नोट लेखेर इलाम पञ्चकन्या–६ का ३६ वर्षीय आचार्यले मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै प्रहरीले उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

आचार्यले फेसबुकमा आफू उद्योगी/व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन् । पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गरेका छन् । आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत खुलाएका छन् ।

प्रकाशित : माघ ११, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?