गण्डकी सरकारले पायो पूर्णता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी सरकारले पायो पूर्णता

मंगलबार थपिएका तीन मन्त्रीले शपथग्रहण गरेसँगै गण्डकीको मन्त्रिपरिषद्‍ ७ सदस्यीय बनेको छ
प्रतिक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार थप तीन जनालाई मन्त्रीमा नियुक्त गरेसँगै गण्डकी सरकारले पूर्णता पाएको हो । 

मंगलबार मन्त्रीमा नियुक्त भएका तीन जनामध्ये नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ हुन् । त्यस्तै माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् ।

तीनै जनाले मंगलबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । यससँगै गण्डकीमा मन्त्रिपरिषद्‍को संख्या ७ सदस्यीय पुगेको छ ।

प्रकाशित : माघ १०, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

बारामा ३ सय ३२ फरार अभियुक्त पक्राउ

लक्ष्मी साह

बारा — प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुलाई सोमबार बिहानैदेखि बेलुकासम्म योजनाबद्ध ढंगले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका त्यस्ता फरार प्रतिवादीहरुमध्येका कोहीलाई प्रहरीले देखेर पनि नदेखे झैं बेवास्ता गर्दै आएकाले यसअघि उनीहरु पक्राउ पर्न सकेका थिएनन् ।

केही भने प्रहरीलाई छलेर लुकीछिपी बस्दै आएका थिए । विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुको अदालत र प्रहरीमा लामै सूची छ ।

‘फैसला कार्यान्वयनमा ल्याई राज्यको विधि र कानुनको सम्मान गर्ने उदेश्यले फरारहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा कलैया उपमहानगरपालिका १ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाखसम्म जरिवानामा परेका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय परेका निजगढ नगरपालिका १ बस्ने बासु चौधरी लगयात छन् । पक्राउ परेकामध्ये ३६ जनालाई पर्साको वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । प्रहरीका अनुसार अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु पक्राउ परेका हुन् ।

प्रकाशित : माघ १०, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×