कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टेकु अस्पतालले मनायो ८९ औँ वार्षिकोत्सव 

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल (टेकु अस्पताल) ले स्थापनाको ८९ औँ दिवस मनाएको छ । विसं १९९० सालमा कलेरा अस्पतालको रुपमा स्थापना भएको यस अस्पताल हाल १०० शय्यामा सञ्चालित छ । यो अस्पताल देशकै एकमात्र केन्द्रीय सरुवा रोग ट्रपिकल तथा रिफरल अस्पतालको रुपमा सञ्चालनमा रहेको छ ।

टेकु अस्पतालले मनायो ८९ औँ वार्षिकोत्सव 

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पदम गिरीले इतिहासको अत्यन्त कठिन घडीमा उच्च मनोबलका साथ कोभिड नियन्त्रणका लागि जुन तरिकाले अस्पतालका स्वास्थ्यकर्मीहरु होमिए त्यो जति प्रशंसा गर्दा पनि कम हुने बताए । मन्त्री गिरीले भने–‘टेकु अस्पतालले भविष्यामा जतिसुकै ठूलो महामारी आए पनि सामाना गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउने काम गरेको छ । स्वास्थ्य सेवालाई कसरी चुस्त दुरुस्त बनाउन सक्छौं भन्ने यो सबैको चिन्ता हो । सबैजना एकाग्र भएर लाग्यो भने सम्भव छ ।’

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले टेकु अस्पताल जस्तो महामारी तथा सरुवारोग नियन्त्रणका लागि देशैभर यस्ता अस्पतालहरु हुनुपर्ने बताइन् । उनले भनिन्, ‘महामारी फैलिए पनि टेकु, मुसा तथा कुकुरले टोके टेकु अस्पताल नै जानुपर्छ भन्ने अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका तथा प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग नियन्त्रणको जोखिम उठाउन सक्ने अस्पताल तथा स्वास्थ्य केन्द्र बनाउन सक्नुपर्छ ।यसलाई विकेन्द्रिकरण कसरी गर्ने भन्ने कुरामा तत्पर रहनेछौँ ।’

अस्पतालकी निर्देशक डा मनिषा रावलले टेकु अस्पतालले विभिन्न संक्रामक रोगहरु जस्तै झाडापखाला, हैजा, मलेरिया, एचआइभी, डेंगी, कोभिडको सफल उपचार गरिरहेको बताउँदै छिट्टै नै नयाँ भवनको संरचना तयार हुने बताउँदै टेन्डर अघि बढिसकेको बताइन् । उनले भनिन्–‘अबको केही महिनामा यही स्थानमा नयाँ संरचना बन्ने भएपछि यहाँ दिदै आएको सेवालाई निरन्तरता दिने प्रमुख चुनौतीको रुपमा छ ।’

अस्पतालबाट एचआइझी संक्रमितहरुले एआरटी सेन्टरबाट हाल २ हजार १५० जनाले सेवा लिइरहेका छन् । निर्देशक डा रावलले हाल टेलिमेडिसिनयुत्त लेप्रोसी रिफरल क्लीनिक स्थापनाले सर्वसाधारणलाई सहज भएको बताउँदै भनिन्–‘विशेषज्ञ ओपिडीबाट बाल स्वास्थ्य ,छाला तथा यौन रोग, जेनेरल मेडिसिनका पनि सेवा दिँदै आइरहेका छौँ ।जनावरबाट हुने टोकाइ उपचारकालागि दैनिक ३०० देखि ४०० जनासम्म आइरहेका छन् ।’

प्रकाशित : माघ १०, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?