अध्ययनका लागि विदेसिनुपर्ने बाध्यतालाई रोक्नका लागि विश्वविद्यालय विधेयक : शिक्षामन्त्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्ययनका लागि विदेसिनुपर्ने बाध्यतालाई रोक्नका लागि विश्वविद्यालय विधेयक : शिक्षामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका छन् । 

मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक-२०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता एने ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका हुन् ।

आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तै सचेत रहेको शिक्षामन्त्री खनालले बताए । उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ती ऐनहरुलाई सांसदहरुको हातसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन पनि आउनुपर्छ भन्ने जुन कुरा छ त्यो कुराप्रति म एकदमै सचेत छु । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा दुवै कुरालाई प्राथमिकताका साथ राखेको भएर आगामी दिनहरूमा विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐनमा शिक्षा मन्त्रालयले एकदमै तदारुकताका साथ काम गर्छ र ति माननीय सांसदहरु सम्म पुर्‍याउँछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाल विश्वविद्यालय विधेयकको आवश्यकता अध्ययनका लागि विदेसिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको उनले बताए । विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उनले बताए ।

प्रकाशित : माघ १०, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

फोर्स मोटर्सको सर्भिस सेन्टर पोखराको चाउथेमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पोखराको चाउथेमा आफ्नो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपूर्जा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयूक्त रुपमा उद्घाटन गरे ।

सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको कम्पनीले जनाएको छ । गाडी बिक्री पछिको स्पेयर तथा सर्भिस सेन्टर एकै ठाउाबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए । उनका अनुसार देशभर फोर्सका २२ वटा डिलर नेटवर्कबाट बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध हुँदै आएको छ ।


प्रकाशित : माघ १०, २०७९ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×