२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान(आईओएम) का आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूहको संयुक्त आन्दोलनमा आईओएम प्रशासनले प्रहरी प्रशासनको बलमा हस्तक्षेप गरेपछि झडप भएको विद्यार्थीले जनाएका छन् । 

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि दुई पक्षबीच झडप भएको बताए । यसअघि पनि प्रशासनले विद्यार्थीहरूलाई धम्क्याउँदै आएको उनले बताए । 'चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले विभिन्न माग राखेर अनशनलगायतका आन्दोलन गर्दै आएको थियो ।

मंगलबार प्रशासनले प्रहरी बल प्रयोग गरेर हस्तक्षेप गरेपछि झडप भएको हो,' उनले भने । उनका अनुसार ५/६ जना विद्यार्थीलाई गिरफ्तार गरी छाडिएको छ ।

झडपमा केही विद्यार्थी सामान्य घाइते भएको पनि उनले बताए । अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएको उनले बताए ।

कलेज प्रशासन, होस्टेल समिति र छात्रावास विद्यार्थीहरूको बीचमा रहेको तिक्तता तत्काल समाधान हुनुपर्ने विद्यार्थीहरूको माग छ । तत्काल क्याम्पसमा अध्ययनरत सबै गरिब तथा जेहेन्दार विद्यार्थीलाई दीर्घकालीन रूपमा छात्रावासको व्यवस्था हुनुपर्ने पनि उनीहरूको माग छ ।



प्रकाशित : माघ १०, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?