१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किलागलको ‘हाथाद्यो’ पेरिसमा

काठमाडौँ — सांस्कृतिक पर्व इन्द्रजात्राका बेलामा उपयोगमा आउने भैरव अनुहारको ‘हाथाद्यो’ फ्रान्सको बियारिट्जस्थित प्रसिद्ध म्युजियम ‘एसियाटिका’मा फेला परेको छ ।  

किलागलको ‘हाथाद्यो’ पेरिसमा

हराएका सम्पदाको खोजी अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, काठमाडौं किलागलबाट हराइरहेको ‘हाथाद्यो’ फ्रान्समा भेटिएको हो । सत्रौं शताब्दीको सम्पदा मानिने ‘हाथाद्यो’बाट इन्द्रजात्राको पर्वमा भैरवको प्रसादस्वरुप छ्याङ(जाँड) लिने प्रचलन रही आएको छ ।

तलेजु भवानीका पुजारी उद्धव कर्माचार्यका अनुसार, यस्ता प्रतिकात्मक ‘हाथाद्यो’ हरु भैरवका अधिकांस मुर्तिहरुमा राख्ने गरिएको छ । प्राचीन महत्त्व र अर्थका दृष्टिमा किलागल ‘हाथाद्यो’ लाई विशिष्ट मानिँदै आएको छ । किलागल ‘हाथाद्यो’को तस्बिर जुडिथ कोनन चेजको ‘लिभिङ ट्रेडिसन्स अफ नेपाल : द ब्युटी अफ प्रपोजफुल लिभिङ(२०१९)’ पुस्तकमा उल्लेखित छ ।

फ्रान्सको दक्षिणपश्चिम विन्दुमा रहेको बियारिट्ज(स्पेन सीमावर्ती) सहरमा रहेका म्युजियम ‘एसियाटिका’मा एसियाका भारत, चीन, तिब्बत र नेपालसहितका १ सयभन्दा बढी विशेष सम्पदा रहेका छन् ।

प्रकाशित : माघ १०, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?