डेढ लाख घुससहित आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख नियन्त्रणमा


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार साँझ चुडाललाई घुससहित नियन्त्रणमा लिएको हो ।

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावतका लागि पास उपलब्ध गराउने भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
साथै चुडालको कार्यकक्षमा रहेको स्टिलको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धना भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । चुडाल प्रबन्धक नवौं तहका कर्मचारी हुन् ।
प्रकाशित : माघ १०, २०७९ १०:१९