कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथी भ्रष्टाचार मुद्दा दायर

डा‍. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध गिरीको किर्ते कागजात खडा गर्ने कार्यको मतियार बनेको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
मातृका दाहाल

काठमाडौँ — अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीमाथि प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्त कागजात खडा गर्ने कार्यको मतियार बनेको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथी भ्रष्टाचार मुद्दा दायर

'नपाएको ओहदा पाएको' भन्ने उजुरी उपर अनुसन्धान गर्दा उनीहरुले प्राध्यापक पदको कुनै उपाधी नपाएको देखिएकोले उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले उल्लेख गरेको छ ।

'डा. ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ' आयोगले पेस गरेको आरोपपत्रमा छ ।

गिरीलाई उक्त पदको किर्ते गर्ने क्रममा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको रुपमा काम गरेको आयोगले उल्लेख गरेको छ । 'डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने' आयोगको निर्णयमा उल्लेख छ ।

प्रकाशित : माघ ९, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?