२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उपसभामुख राना रास्वपाको जिम्मेवारीबाट अलग

काठमाडौँ — नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पार्टीगत जिम्मेवारीबाट अलग भएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै उपभामुखको भूमिका निष्पक्ष बनाउनका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

उपसभामुख राना रास्वपाको जिम्मेवारीबाट अलग

'उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,' रानाले भनेकी छन् ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् । उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् ।

प्रकाशित : माघ ९, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?