टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ'का पर्याप्त प्रमाण र आधार भेटिए : सीआईबी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ'का पर्याप्त प्रमाण र आधार भेटिए : सीआईबी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ' भएको प्रमाण र आधार भेटेको छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो ।

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । ‘अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिन्छन्,’ एसपी थापाले इकान्तिपुरसित भने, ‘थप अब समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ । ’

उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए । ‘अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने ।

उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको बताए ।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । यस किसिमको फिक्सिङमा ५/६ जना खेलाडी मात्रै नभएर म्याच अफिसियल्सहरुको पनि सम्झौता हुने एसपी थापाले जानकारी दिए ।

स्पट फिक्सिङमा खेलको कुनै समयमा हुने सट्टेबाजी रहेको उनले बताए । ‘स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ,’ एसपी थापाले भने,‘त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गर्छन् । स्पट फिक्सिजङ चाही टाइम अफ इन्टरभलममा हुने गर्छ । ’

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : माघ ८, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघमा नयाँ कार्यसमिति 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दुग्ध विकास संस्थान (डीडीसी) कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । कर्मचारी संघको १२ औं केन्द्रीय महाधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुयाँल र पदमबहादुर खड्का चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पूर्व क्षेत्रतर्फ इश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेव प्रसाद यादव र पश्चिम क्षेत्रमा बसन्त कुमार राय निर्वाचित भएका छन् । संघको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा निरेन्द्र न्यौपाने निर्वाचित भएका छन् । सचिवमा पूर्व क्षेत्रतर्फ श्याम किशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित भएको संघले जनाएको छ ।

संघका अनुसार सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोद कुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्र कुमार गुप्ता निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अन्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेश प्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।


प्रकाशित : माघ ८, २०७९ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×