ईयूले सार्‍यो नेपालको हवाई सुरक्षाको अडिट

काठमाडौँ — नेपाली वायुसेवा निगमलाई आफ्ना सदस्य राष्ट्रहरूमा  २०७० मंसिरदेखि लगाइएको निषेध (कालोसूची) हटाउने सम्बन्धमा यहाँको हवाई सुरक्षाको ‘अन-साइट’ मूल्यांकन गर्न नेपाल आउने कार्यक्रमलाई युरोपियन युनियनले सारेको छ ।

ईयूले सार्‍यो नेपालको हवाई सुरक्षाको अडिट

नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भर्खरै पोखरामा भएको यती एयरलायन्सको दुर्घटनाका कारण नागरिक उड्डयन प्राधिकरणसँगको आपसी सहमतिपछि अन-साइट मूल्यांकन हाललाई स्थगन गर्नुपरेको जनाएको छ ।

ईयूले मंसिर १२ गते एक विज्ञप्तिमार्फत हवाई क्षेत्र हेर्ने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक (डीजीमूभ) नेतृत्वको टोलीले नेपालको हवाई क्षेत्रमा भएका पछिल्ला सुधारको मूल्यांकन गर्न चाँडै नेपाल आउने जनाएको थियो । तर, माघ १ गते भएको यती एयरलायन्सको एटीआर विमान दुर्घटनाका कारण ईयू अहिलेलाई पछि हटेको हो ।

उसले अहिलको दुःखद् क्षण सामना गरिएको प्राधिकरणले घटना जाँच गर्न सरकारले गरेको अनुसन्धानलगायतमा सघाउनुपर्ने भएकाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगहरू पनि जारी रहने भनेको छ ।

प्रकाशित : माघ ८, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?