कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अकुत सम्पत्ति कमाएका सबैको छानबिन गरौं : सांसद् यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको निर्वाचनका सम्बन्धमा भएको छलफलको क्रममा बोल्दै सांसद् यादवले त्यसका लागि तत्कालै विधेयक ल्याएर अघि बढाउनुपर्ने बताए ।

अकुत सम्पत्ति कमाएका सबैको छानबिन गरौं : सांसद् यादव

‘हामी सधैं भ्रष्टाचारको कुरा गर्छौं । तर कुरामात्रै गरेर भएन । तत्कालै जनलोकपाल विधेयक ल्यायौं । जो–जो ठूलो ओहोदामा बसेर अकुत सम्पत्ति कमाएका छन्, सबैको सम्पत्ति छानबिन गरौं । अब पनि हामीलाई गल्ती गर्ने छुट छैन,’ उनले भने ।

उनले संविधानको व्यवस्थाअनुसार समावेशी समानुपातिक र समतामूलक समाज निर्माण बाटोमा देशलाई अघि बढाउन नसके संसद्प्रति जनताको मोह नासिएर जान सक्ने बताए ।

उनले प्रधानमन्त्रीलाई आफूले गरेका प्रतिबद्धताहरू नबिर्सिन आग्रह गरेका छन् । ‘हामी अहिले पनि विकासका ठुल्ठूला कुरा गर्छौं । तर यो देशमा एउटा युवा नागरिकता नपाएर अनागरिक छ, किसानहरू एक बोरा मल नपाएर नाकामा प्रहरीको लठ्ठी खाइरहेको छ । तर हाम्रो नेतृत्व अहिले संसद्‌मा नाकको लडाइँ गरिरहेको छ,’ उनले भने, ‘यो सदनमा नाकको लडाइँ होइन, मुलुकको विकास र आर्थिक समृद्धिको बहस गरौं ।’

प्रकाशित : माघ ७, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?