१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सभामुख संसद्को रेफ्री हो, कुनै दलको स्वार्थमा नआउनुहोला : श्रेष्ठ

काठमाडौँ — नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि बिचलित नभइकन भूमिका निभाउनुपर्ने आग्रह गरेका छन् ।

सभामुख संसद्को रेफ्री हो, कुनै दलको स्वार्थमा नआउनुहोला : श्रेष्ठ

उनले विगतमा सभामुखबाट दल फुटाउने भूमिका भएको भन्दै अब त्यस्तो हुँदैन भन्ने अपेक्षा गरेको बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले सभामुख र उपसभामुखले संसद्‌मा रेफ्रीको भूमिका असल र इमान्दारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्न आग्रह गरेका छन् ।

‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ,’ उनले भने, ‘सभामुखज्यू, तपाईं कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ ।’

उनले सभामुख र उपसभामुखजस्तो गरिमामय पदबाट कुनै दलको स्वार्थमा हुने गरी काम हुनु दुःखद हुने बताए ।

प्रकाशित : माघ ७, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?