कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय तीर्थयात्रु बोकेको बस पाल्हीनन्दनमा दुर्घटना, ४५ जना घाइते

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन् ।

भारतीय तीर्थयात्रु बोकेको बस पाल्हीनन्दनमा दुर्घटना, ४५ जना घाइते

माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतीय बस ब्रेक फेल हुँदा पाल्हीनन्दन गाउँपालिकाको रमवापुरमा दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । बसमा ६५ यात्रु सवार थिए । माघे ‌औंशीमा त्रिवेणीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा भारतबाट हजारौं श्रद्धालु स्नान गर्न आउने गर्दछन् ।

प्रकाशित : माघ ७, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?