माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

काठमाडौँ — चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । वंशाणुगत जन्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी शुक्रबार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।  

माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत काठमाडौं ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

प्रकाशित : माघ ६, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?