२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका सचिव साटफेर

काठमाडौँ — सरकारले दुई सचिवको सरूवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवको साटफेर गरेको हो ।

भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका सचिव साटफेर

बैठकपछि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई मन्त्रालयको सचिवको सरुवा भएको जानकारी दिए ।

बैठकले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव केशवकुमार शर्मालाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

प्रकाशित : माघ ४, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?