१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसकी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभा सभामुखका पदका लागि उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसकी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् । उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

प्रकाशित : माघ ४, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?