सभामुख निर्वाचनको विषयमा छलफल गर्न धुम्बाराहीमा कांग्रेसको बैठक जारी

काठमाडौँ — सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसिरहेको छ । देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकमा सभामुखको निर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।

सभामुख निर्वाचनको विषयमा छलफल गर्न धुम्बाराहीमा कांग्रेसको बैठक जारी

संसद्‌मा बुधबार सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची रहेकोमा कांग्रेसले भने अझै सभामुखका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्क्योल गरिसकेको छैन ।

यदि पार्टीले उम्मेदवारी नदिने भए कसलाई समर्थन भन्नेलगायतका विषयमा छलफल हुनेसमेत पौडेलले बताए । कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जनाएको छ ।

प्रकाशित : माघ ४, २०७९ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?