तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ- समाचार - कान्तिपुर समाचार

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

सम्झना रसाइली

तनहुँ — नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।

उनका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो । फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको उनले बताए ।

शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रकाशित : माघ ३, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिका–६ टुहुरे पसलमा सोमबार साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

घटनामा संलग्न भएको आरोपमा व्यास नगरपालिका–८ रिस्तीका करिब २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आशिषले खुकुरीले सन्तबहादुरको घाँटीमा प्रहार गरेका थिए । उक्त घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २, २०७९ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×