पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

लालप्रसाद शर्मा

पोखरा — पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो ।

हराइरहेका ४ जनाको खोजी जारी छ । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । ‘हालसम्म ३५ शवको पहिचान भइसकेको छ,’ खड्काले भने, ‘शवको पहिचानपछि पोष्टमार्टम सुरु हुनेछ ।’

कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताए ।

प्रकाशित : माघ २, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र तीमध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

प्रकाशित : माघ २, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×