पोखरा विमान दुर्घटना : शव निकाल्ने क्रम जारी [अपडेट]

पोखरा — पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा शव देखेर पनि निकाल्न कठिन भइरहेको छ । नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको छ ।

पोखरा विमान दुर्घटना : शव निकाल्ने क्रम जारी [अपडेट]

कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन् ।

विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने सिडिओ केसीले बताए ।

'शव जिम्मा लगाउनका लागि शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको काठमाडौं पठाइँदै छ,' केसीले भने ।


प्रकाशित : माघ २, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?