विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ ।

‘पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं‚’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एनटीवाई ६९१, ९एन-एएनसी विमान बिहान १०:५० बजे दुर्घटना भएको थियो ।

जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

प्रकाशित : माघ १, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

वान डे सिरिजको खेल तालिका सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने वान डे सिरिजको खेल तालिका आइतबार सर्वाजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज टीयू क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म हुने छ । खेल तालिका अनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्नेछ ।

यसैगरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : माघ १, २०७९ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×