३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रपति भण्डारीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति भण्डारीले आइतबार ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

'यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,' राष्ट्रपतिले ट्वीटमा भनेकी छन् ।

प्रकाशित : माघ १, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?