अमेरिकी र चिनियाँ दूतावासद्वारा हवाई दुर्घटनामा दु:ख व्यक्त

काठमाडौँ — ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति नेपालस्थित अमेरिकी र चिनियाँ दूतावासले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी र चिनियाँ दूतावासद्वारा हवाई दुर्घटनामा दु:ख व्यक्त

अमेरिकी दूतावासले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको हो ।दूतावासले घटनालाई नियालिरहेको र आफ्नो देशका नागरिक रहे/नरहेकोबारे जानकारी प्राप्त नभइसकेको उल्लेख गरेको छ ।

यस्तै, चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताएका छन् । उनले यस दु:खद घडीमा आफूहरूको समवेदना नेपाली जनताको साथमा रहेको बताउँदै मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

विमानमा सवार ६८ जनामध्ये ५ जना भारतीय नागरिक रहेको खुलेपछि नेपालस्थित भारतीय दूतावसाले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

दूतावासले काठमाडौं र पोखरामा रहेका आफ्ना प्रतिनिधिको नम्बर उपलब्ध गराउँदै सम्पर्क गर्न आग्रह गरेको छ ।

यसैबीच, भारतका नागरिक उड्डयन जोतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले शोक सन्तप्त परिवारलाई सहानुभूति दिँदै उक्त विमान दुर्घटना भयानक भएको बताएका छन् ।

प्रकाशित : माघ १, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?