प्रधानमन्‍त्री दाहाल घटनास्थल जाँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पोखरामा यतिको विमान दुर्घटना

प्रधानमन्‍त्री दाहाल घटनास्थल जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको स्थानमा पीडितहरूलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्री दाहालले यसअघि नै उद्धार कार्यमा खट्न निर्देशन दिएका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जाने तयारी गरेका हुन्।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान नयाँगाउँमा दुर्घटना भएको थियो। दुर्घटनास्थलबाट अहिलेसम्म २९ जनाको शव निकालिएको छ भने उद्धार कार्य जारी छ ।

यस्तै सरकारले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ ।


प्रकाशित : माघ १, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद् बैठक : पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, 'घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।'

मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

प्रकाशित : माघ १, २०७९ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×