कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसले राष्ट्रपति र सभामुखमा दाबी गर्छ :  सतार 

माधव अर्याल

पाल्पा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले कांग्रेसले राष्ट्रपति र सभामुखको निर्वाचनमा दाबी गर्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीले संसद्मा पहिलो पटक गरेको भाषणले देशलाई पुनः प्रतिगमनतर्फ धकेल्न सक्ने देखिएकाले कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए । 

कांग्रेसले राष्ट्रपति र सभामुखमा दाबी गर्छ :  सतार 

नेपाल प्रेस युनियन पाल्पाले शनिबार तानसेनमा राखेको अन्तरक्रियामा बोल्दै सतारले मुलुकलाई प्रतिगमनबाट जोगाउनका लागि मात्र विश्वासको मत दिएको दाबी गरे ।

‘ठूलो दल र प्रमुख पद एमालेले लिने प्रयास गरेको देखिएको थियो,’ उनले भने, ‘पुनः केपी ओलीको मनोमानी रोक्नका लागि नै विश्वासको मत दिएको हो ।’ उनले सत्तालोलुपताका लागि कांग्रेस सत्तामै जानका लागि विश्वासको मत नदिएको बताए ।

केपी ओलीले पहिलो पटक संसद्मा बोलेका शब्द र कांग्रेसले विश्वासको मत दिएपछिको बोली फेरिएको उनले बताए । नेता सतारले कांग्रेसका समग्र कार्यकर्ता र मुलुकका लागि हित हुने गरी विश्वासको मत दिएको बताए । फरक प्रसंगमा उनले कांग्रेस बलियो अवस्थामा रहँदारहँदै पनि नेतृत्वको पदलोलुपताका कारण कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

‘केन्द्रीय कार्यसम्पादन समितिको अदूरदर्शिताले हजार अवसर गुमाउनु परेको छ,’ उनले भने, ‘सही समयमा गोल गर्न नसकेकाले अहिलेको परिस्थिति आएको छ ।’

प्रकाशित : पुस ३०, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?